बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

वर्षाले नारायणगढ–बुटवल सडकको दाउन्ने खण्ड पूर्णरूपमा अवरुद्ध

  • 31
  •  
  •  
  •  
  •  
  •  
  •  
    31
    Shares

काठमाडौं । पानी परेका कारण पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल सडकखण्डको दाउन्ने र कान्ति लोकपथको हेटौँडा–काठमाण्डौ सडक अवरुद्ध भएका छन् । नारायणघाट–बुटवल सडक विस्तारको क्रममा रहेकाले यो सडकको नवलपरासी दाउन्ने क्षेत्रमा बाटो चिप्लो हुँदा गाडी रोकिएका छन् ।

वर्षाका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । सडक चिप्लो भएर पूर्ण रूपमा सडक अवरुद्ध हुँदा यात्रा गर्ने यात्रु र गाडीलाई सकेसम्म वैकल्पिक सडकबाट यात्रा गर्न आग्रह गरिएको छ । सडक विस्तारको कामलाई तीव्र पार्न दाउन्ने खण्डमा राति ११ देखि बिहान ५ बजेसम्म दैनिक रूपमा सडक पूर्ण रूपमा बन्द गर्ने गरिएको छ ।

यस्तै हेटौँडा–काठमाण्डौ जोड्ने कान्तिलोकपथ पनि अवरुद्ध छ । वर्षाका कारण बागमती नदीमा बाढी आउँदा कान्ति लोकपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ को सिमानामा रहेको बागमती खोला डाइभर्सन बगाउँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

प्रहरीका अनुसार डाइभर्सन बगाएपछि आज बिहान ६ बजेदेखि नै गाडीको आवतजावत रोकिएको छ । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ । प्रहरीले हेटौँडा–काठमाण्डौ यात्रामा यात्रु र गाडीलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x