बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

पूर्वमन्त्री प्रदीप नेपालको निधन

  • 12
  •  
  •  
  •  
  •  
  •  
  •  
    12
    Shares

काठमाडौं । पूर्वमन्त्री समेत रहेका नेकपा (एमाले)का नेता प्रदीप नेपालको निधन भएको छ । लामो समयदेखि पार्किन्सन रोगबाट पीडित नेता नेपालको मंगलबार काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको हो ।

स्वास्थ्यमा जटिल समस्या आएपछि नेता नेपाललाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । छातीमा गम्भीर संक्रमण भएको र गम्भीर अवस्थामा नेता नेपाल अस्पताल लगिएको नेता नेपाललाई अस्पताल लगिएको थियो ।

उनी माक्र्सवादी अध्ययन केन्द्रका संस्थापक सदस्य हुन् । एमाले मुखपत्र ‘नवयुग’ को संस्थापक प्रधान सम्पादक रहेका उनले दृष्टि र छलफल साप्ताहिकको सम्पादकको जिम्मेवारी पनि बहन गरेका थिए ।

२०५१ सालमा गठित मनमोहन अधिकारी नेतृत्वको सरकारमा उनले सूचना तथा सञ्चार राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । त्यसपछि जलस्रोत र शिक्षा मन्त्रीका रुपमा पनि काम गरे ।

साहित्य तर्फ उपन्यास, कथा, नियात्रा र गीत लेखन, गायन उनका मुख्य विधा थिए । माले स्थापनाकालका सहयोद्धा रत्नकुमार वान्तवाको जीवनीमा आधारित उनको उपन्यास ‘देउमाइको किनार’ पछि भिडियो चलचित्रका रुपमा आएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x