बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

हस्ताक्षर अभियान चलाएर निर्वाचनलक्षित राजनीति गर्ने कार्यले समाजमा निराशा र अन्योलता थप्योः एमाले

  • 59
  •  
  •  
  •  
  •  
  •  
  •  
    59
    Shares

काठमाडौं । नेकपा (एमाले) का सांसद अच्युतप्रसाद मैनालीले प्रतिपक्षी दलहरुद्वारा संसदमार्फत नकारात्मक भाष्य प्रवाह भइरहेको भन्दै आपत्ति जनाएका छन् ।प्रतिनिधि सभाको आईतवारको बैठकमा बोल्दै सांसद मैनालीले प्रतिपक्षीदलहरु जनतालाई भ्रममा पारेर आफ्नो स्वार्थ पूर्तिमा लागेको आरोप लगाएका हुन् ।

उनले जनतालाई भ्रममा राखेर आफ्ना मनोकांक्षा पुरा गर्न विधिको शासन, संविधानको सर्वोच्चता र शक्ति पृथकिकरणको सिद्धान्तलाई समेत खिल्ली उडाइएको उल्लेख गर्दै यसमा सबै गम्भिर हुन जरुरी रहेको बताए । उनले रास्वपाललाई लक्षित गर्दै हस्ताक्षर अभियान चलाएर आगामी २०८४ को निर्वाचनलाई लक्षित गरी राजनीति गर्ने कार्यले समाजमा निराशा र अन्योलता थप्ने काम भएको बताए । सांसद मैनालीले संसदमा आफ्ना कुरा राख्ने र अरुको कुरा नसुनि बाहिरिने प्रवृत्तिप्रति पनि आपत्ति जनाए ।

उनले भने, ‘हामी संसदमा बसेर नकारात्मक भाष्य मात्र प्रवाह गरिरहेका छौं । हामी जनतालाई भ्रममा राखेर आफ्ना मनोकांक्षा पुरा गर्नको लागि विधिको शासन, संविधानको सर्वोच्चता, शक्ति पृथकिकरणको सिद्धान्तलाई समेत खिल्लि उडाउँदै चाहे त्यो संवैधानिक आयोगमा छानविन भइरहेको भिजिट सिसा प्रकरणको विषय होस्, चाहे अदालतमा विचाराधिन रहेको मुद्दाको सन्दर्भमा होस् । जुन हस्ताक्षर अभियान गरेर पार्टी निर्माणको पृष्ठभूमि र अगामी ०८४ को निर्वाचनलाई समेत ख्याल गर्दै प्रतिपक्षबाट जुन गतिविधि भएका छन् । यसले समाजमा निराशा र अन्यौलता सिर्जना गरेको छ । के यो जिराशा र अन्यौलता जनतालाई भड्काएर आफ्नो स्वार्थपूर्ति गर्ने अभिलासाबाट प्रकट भइरहेको छ ? संसदमा आफ्ना कुराहरु राख्ने र अन्यलाई बोल्न नदिने जुन परिपाटीको विकास भएको छ त्यो संसदीय मर्यादाभित्र रहन्छ रु हामीले जनताको भावनाअनुसार सुशासन, स्थायित्वको लगि एक भएर अगाडि बढ्नुपर्छ ।’

उनले संसदीय मर्यादाभित्र बसेर मुलुकमा सुशासन र स्थायित्वका लागि सबै दल एकजुट भएर अघि बढ्नुपर्ने धारणा राखे ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x