वीरगंजमा “एक घर, एक बिरुवा” अभियान अन्तर्गत फलफूलका बिरुवा निशुल्क वितरण
महानगर प्रमुख आफैँ सहभागी, ५ हजार बिरुवा वितरणको लक्ष्य

पर्सा । वातावरणीय सन्तुलन कायम राख्ने र हरियाली प्रवद्र्धन गर्ने उद्देश्यले वीरगंज महानगरपालिकाले थालेको “एक घर, एक बिरुवा” अभियान अन्तर्गत बुधबार फलफूलका बिरुवा निशुल्क वितरण गरिएको छ ।
महानगरको यो अभियानलाई जनस्तरमा प्रभावकारी बनाउन घण्टाघर चोकमा आयोजना गरिएको कार्यक्रममा महानगर प्रमुख राजेशमान सिंह आफैं सहभागी भई स्थानीयवासीलाई बिरुवा वितरण गगरेका हुन । कार्यक्रममा आँप, लिच्ची, कागती, अनार, अम्बा र बेल जस्ता लोकप्रिय फलफूलका प्रजातिहरूका बिरुवा वितरण गरिएको हो ।
“हरियालीले शहरलाई स्वस्थ बनाउँछ, र प्रत्येक घरको आँगनमा एक बिरुवा रोप्न सके हामीले वातावरणीय सन्तुलनमा ठूलो योगदान दिन सक्छौं,” महानगर प्रमुख सिंहले कार्यक्रममा भने, “हामीलाई सहरी विकाससँगै हरित विकास पनि उत्तिकै आवश्यक छ।”
महानगरको कृषि शाखा प्रमुख रोशनी यादवका अनुसार करिब ५ हजार बिरुवा वितरण गर्ने लक्ष्य राखिएको छ, र यसको शुरुवात बुधबार घण्टाघर चोकबाट गरिएको हो ।
महानगरपालिकाले अभियानअन्तर्गत सार्वजनिक स्थल, विद्यालय, धार्मिक स्थल तथा व्यक्तिगतरूपमा इच्छुक घरधुरीहरुलाई बिरुवा उपलब्ध गराएको हो । स्थानीयबासीले महानगरको यो कामको प्रशंसा गरेका छन् ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE