बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

४० घण्टापछि कैलाली कारागारको घटनास्थलमा पुग्यो प्रहरी

  • 9
  •  
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares

कैलाली । कैलाली कारागारमा घटना भएको करिब ४० घण्टापछि प्रहरी प्रवेश गरेको छ । शुक्रबार राति झडप हुँदा १ जनाको मृत्यु हुनुका साथै ४८ जना घाइते भएका थिए । तीमध्ये एक जनालाई थप उपचारको लागि काठमाडौं लगिएको छ ।

शुक्रवार राति कुटपिट भएपछि शनिवार बिहान कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन हमालसहितको टोली कारागार प्रवेश गरेको थियो । चार वटै सुरक्षा निकायका प्रमुखसहित कारागार छिरेका प्रमुख जिल्ला अधिकारी हमालले घटनास्थल भने हेर्न पाएनन् । हमाल मात्रै होइन सुरक्षा समितिका कोही पनि भित्र जान सकेनन् ।

कारागार प्रवेश गरेका उनीहरू घटनास्थल जान नसकेपछि प्रशासनबाटै फर्किएका थिए । त्यसपछि जिल्ला प्रशासन कार्यालय गएर सुरक्षा समितिको बैठक बसेर १० दिनभित्र प्रतिवेदन बुझाउने गरी सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा छानबिन समिति बनेको थियो ।

आइतबार दिउसो मानवअधिकार आयोगकै टोलीसहित सशस्त्र प्रहरी र नेपाल प्रहरीको ठुलो टोली हतियारसहित घटनास्थल प्रवेश गरेको थियो । तनावग्रस्त बनेको कारागार भित्र ४० घण्टा पछि प्रहरी पुगेर कैदीबन्दीको सङ्ख्या पुनः गणना गरिएको छ । मानव अधिकार आयोगका प्रतिनिधिसँगै कारागार प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरीको उपस्थितिमा थुनुवा कक्षमा प्रवेश गरी कैदीबन्दीको सङ्ख्या यकिन गरिएको हो ।

तनावपछि कैदीबन्दीको सङ्ख्यामा अन्योल भएको आइतबार मानव अधिकार आयोग धनगढी कार्यालयको रोहवरमा हतियारसहितका सुरक्षाकर्मी प्रवेश गरेका थिए । गणनाअनुसार पुरुष राखिएको ब्लक ए मा ३९६ जना, ब्लक बी मा १९८, महिला ब्लकमा ५७ जना रहेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x