बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

राजेन्द्र लिङदेन सहभागी राप्रपा युवाको भेलामा दुई पक्षबीच झडप(फोटोसहित)

  • 16
  •  
  •  
  •  
  •  
  •  
  •  
    16
    Shares

काठमाडौं । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं अधिवेशनमा दुई पक्षबीच झडप भएको छ ।

अध्यक्ष राजेन्द्र लिङदेनकै सामुन्ने हात हालाहाल भएको हो । कार्यक्रम सुरु नहुँदै असन्तुष्ट पक्ष धवलशम्शेर राणा पक्षका युवा ज्योति लामाले माइकमा गएर आफ्ना कुरा राखिरहेका थिए ।

त्यही बेला लिङदेन कार्यक्रम स्थल आइपुगे । त्यसपछि लिङदेन पक्षका युवाहरुले उनलाई मञ्चबाट उतार्ने क्रममा झडपको स्थिति आएको हो ।

कार्यक्रम स्थलमा सुरुबाटै बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ छन् । अहिले उनीहरुले स्थिति नियन्त्रणमा लिएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x