प्रधानमन्त्री ओली बेइजिङमा, यस्तो छ कार्यक्रम

काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली बेइजिङ पुगेका छन् ।
चीनको थियाजिनमा आयोजित शाङ्घाई सहयोग सङ्गठन (एससिओ) ‘प्लस’को शिखर सम्मेलनमा सहभागी भई उनी मंगलबार बेइजिङ पुगेका हुन् ।
प्रधानमन्त्री ओली रेलमार्गबाट बेइजिङ पुगे । त्यसअघि प्रधानमन्त्री र उनीँ नेतृत्वको प्रतिनिधिमण्डललाई थियाजिन रेल स्टेशनमा स्थानीय सरकारका प्रमुख र कलाकारहरूले बिदाइ गरेका थिए ।
बेइजिङमा प्रधानमन्त्री ओलीको चीनका उपराष्ट्रपति हान चङ्गसँग भेट हुनेछ । साथै, उपराष्ट्रपति चङ्गद्वारा आयोजित रात्रिभोजमा नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ । चीनका राष्ट्रपति सी चीनफिङसँग प्रधानमन्त्री ओलीको थियानजिनमा द्विपक्षीय भेटवार्ता भइसकेको छ ।
भ्रमणको अन्तिम कार्यक्रमका रूपमा विश्वका नेताहरूसँगै नेपाली प्रतिनिधिमण्डल यही भदौ १८ गते चीन सरकारद्वारा बेइजिङमा आयोजना हुने फासिवादविरुद्धको विश्वयुद्ध र जापानी अतिक्रमणविरुद्धको चिनियाँ जनताको प्रतिरोधी युद्धमाथिको विजयको ८० औँ वार्षिकोत्सव समारोहमा प्रतिनिधिमण्डल सहभागी हुनेछ ।
सोही दिन प्रतिनिधिमण्डल नेपाल फर्कने कार्यक्रम छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE