बुधबार, कार्तिक ६, २०८२
Wednesday, October 22, 2025

एशिया कप टी–२० क्रिकेटमा बंगलादेशको जित

  • 9
  •  
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares

काठमडौं ।एशिया कप टी–२० क्रिकेटमा सुपर–४ को पहिलो खेलमा बङ्गलादेश विजयी भएको छ ।

हिजोराति भएको खेलमा बङ्गलादेशले श्रीलङ्कालाई चार विकेटले हराउदै विजयी भएको हो । श्रीलङ्गका दिएको एक सय ६९ रनको लक्ष्य पछ्याएको बङ्गलादेशले १९ ओभर पाँच बलमा छ विकेट गुमाएर भेटायो ।

बङ्गलादेशका लागि मोहम्मद सैफ हसनले ६१ र तौहिद हृदयले ५८ रन बनाए ।

श्रीलङ्काका पिन्नदुवागे वानिन्दु हसरंगा र दासुन शनकाले समान दुई तथा नुवान तुषारा र दुष्मन्थ चमेराले समान एक विकेट लिए ।

त्यसअघि दुबईमा टस हारेर ब्याटिङ गरेको श्रीलङ्गाले सात विकेट गुमाएर एक सय ६८ रन बनाएको थियो ।

श्रीलङ्काका लागि दासुन शनकाले अविजित ६४ र कुसल मेन्डिसले ३४ रन बनाए । बङ्गलादेशका मुस्ताफिजुर रहमानले तीन, महेदी हसनले दुई र तस्किन अहमदले एक विकेट लिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x