दुई वर्षपछि विपिन जोशीको जीवित दृश्य सार्वजनिक, परिवारमा जगायो आशा
काठमाडौं । सन् २०२३ अक्टोबर ७ मा इजरायलको किब्बुत्ज अलुमीमबाट अपहरण भएका नेपाली विद्यार्थी विपिन जोशीको भिडियो दुई वर्षपछि सार्वजनिक भएको छ। सन् २०२३ नोभेम्बरमा खिचिएको भनिएको उक्त भिडियो विपिनको परिवारको आग्रहमा हालै सार्वजनिक गरिएको हो।
यो भिडियो इजरायली गुप्तचर संस्थाले प्राप्त गरेको थियो, तर लामो समयसम्म सेन्सरमा राखिएको थियो। अहिले परिवारले अनुमति पाएपछि भिडियो बाहिर आएको इजरायली सञ्चारमाध्यमहरुले जनाएका छन् ।
३३ सेकेण्ड लामो भिडियोमा विपिनले आफैंलाई परिचय गराएका छन् । उनले भनेका छन्, मेरो नाम विपिन जोशी हो। म नेपालबाट आएको हुँ, २३ वर्षको हुँ। म २५ दिनअघि ‘लर्न एण्ड अर्न’ कार्यक्रमका लागि इजरायल आएको हुँ। म विद्यार्थी हुँ।”
विपिनको भिडियो सार्वजनिक भएपछि जोशी परिवारमा फेरि आशा जगाएको छ। विपिनकी आमा पद्मा जोशी र विपिनकी बहिनी पुष्पा जोशी हाल अमेरिकामा छन् । उनीहरुले विपिनको सुरक्षित रिहाइको लागि अन्तर्राष्ट्रिय स्तरमा अभियान चलाइरहेका छन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE