बुधबार, कार्तिक ६, २०८२
Wednesday, October 22, 2025

सरकार अराजकतालाई प्रवर्द्धन गर्ने मतियार बनिरहेको छः शंकर पोखरेल

  • 9
  •  
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले अराजकतालाई प्रवद्र्धन गर्ने मतियारको रुपमा काम गरिरहेको आरोप लगाएका छन् ।

नेकपा एमाले भक्तपुर जिल्ला कमिटीले बिहीवार गुण्डुमा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन । महासचिव पोखरेलले शान्ति सुरक्षा कायम गर्ने कर्तव्यबाट सरकार च्युत भएको जिकिर समेत गरे । उनले जेनजी प्रदर्शनपछि नेपाली समाज असुरक्षा, भय र आतंकमा बाँच्नुपर्ने बिडम्वनापूर्ण अवस्थामा रहेको पनि उल्लेख गरे ।

उनले भने,‘आज समाज एक प्रकारले भन्ने हो भने असुरक्षामा, भयमा, आतंकमा बाँच्नुपर्ने जुन स्थिति सृजना गरिएको छ ।

सरकारमा रहेकाहरु शान्ति सुरक्षा कायम गर्ने कर्तव्यबाट च्युत भएर अराजकतालाई प्रवद्र्धन गर्ने कामको मतियार बनिरहेको देख्दा यो मुलुकलाई कता लैजान खोजिँदैछ भन्ने कुराको गम्भिर प्रश्न खडा भएको कुरा म तपाईंहरुको बीचमा राख्न चाहन्छु ।’

महासचिव पोखरेलले मुलुकलाई विदैशिक चलखेलको क्रिडास्थल बनाउने प्रयास भइरहेको समेत बताएका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x