शनिबार, कार्तिक ९, २०८२
Saturday, October 25, 2025

तिहारको मुखमा विदेशिने युवा भन्छन्ः अन्तरिम सरकारले देशमा रोजगारी सिर्जना गरोस्

  • 24
  •  
  •  
  •  
  •  
  •  
  •  
    24
    Shares

काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशिने नागरिकहरुको चाप उल्लेख्य रूपमा बढेको छ ।पछिल्लो केही दिनयता दैनिक हजारौँ यात्रु वैदेशिक गन्तव्यतर्फ गइरहेका छन् । विमानस्थल अध्यागमन कार्यालयकाअनुसार तिहारको मुखमा रोजगारी, अध्ययन र अन्य कारणले विदेशिनेको संख्या बढ्दो छ ।

अधिकांश यात्रु खाडी मुलुक, मलेसिया, दक्षिण कोरिया र अन्य श्रमिक गन्तव्यतर्फ प्रस्थान गरेका छन् । तिहारजस्तो सांस्कृतिक पर्वमा परिवारबाट टाढा हुनुपर्ने अवस्था एक पीडादायी भएको वैदेशिक रोजगारीका लागि देश छोड्दै गरेका युवा श्यामकुमार रैलाले बताए । अन्तरिम सरकारलाई देशमा रोजगारीको सृजना गर्ने वातावरणको निर्माणको व्यवस्था होस् भन्ने उनको सुझाव रहेको छ ।

उनले भने, ‘चाडबाडको मुखमा यसरी आफ्नो स्वदेशी भूमि छाडेर विदेशमा जानुपर्दा हरेक नेपालीलाई नराम्रौ लाग्छ, मलाई मात्र होइन । अब देशमा नयाँ सरकार गठन भएको छ । नयाँ नयाँ परिवर्तन हुँदैछ विस्तारै ।

अब हामी जस्तो पढेलेखेका युवाहरु देशलाई चाहिन्छ हामीलाई पनि थाहा छ त्यो । रोजगारीको वातावरण यो नयाँ आएको सरकारले हामीलाई व्यवस्था गरिदियोस् भन्ने हाम्रो चहाना हो । अब भएका दक्ष युवा शक्तिहरु नेपालमै हुन् भन्ने चाहीँ हाम्रो पनि कामना हो ।’

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x