शुक्रबार, कार्तिक ८, २०८२
Friday, October 24, 2025

मृतक र घाइतेका परिवार भन्छन्ः अन्तरिम सरकार जेन-जीका सपना पूरा गर्नतिर लागेन, शहीदको सपना तुहिने स्थिति भयो

  • 9
  •  
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares

काठमाडौं । अन्तरिम सरकार जेन—जीका उद्देश्य पूरा गर्न नलागेको जेन—जी आन्दोलनका शहीद तथा घाइतेका परिवारहरुले आरोप लगाएका छन् । बिहीवार काठमाडौंको माईतीघर मण्डलामा दबाबमुलक कार्यक्रम आयोजना गर्दै उनीहरुले यस्तो आरोप लगाएका हुन् ।

दबाबमुलक कार्यक्रमा माईतीघर पुग्नुभएका जेन—जी आन्दोलनका शहीद योगेन्द्र गौतमका मामा कमल सुवेदीले देशभरका जेन—जीहरु एक ढिक्का भएर लाग्नुपर्छ भनेर घाईते, शहीद परिवार तथा जेन जीहरुको सामुहिक दबाब कार्यक्रम आयोजना गरेको बताए । शहीदहरुको उदे्देश्यअनुसार सरकार शहीदका सपना पूरा गर्न नलागेको आरोप लगाए ।

अन्य छलफल चलिरहँदा शहीदको सपना तुहिने स्थितिमा पुगेको भन्दै सरकारलाई खबरदारी गरे । सरकारको ध्यानाकर्षण शहीदहरुको सपना पूरा गर्नेतिर केन्द्रित हुन जरुरी रहेको उनको भनाइ छ । अन्तरिम सरकारले सुशासन कायम र भ्रष्टाचार नियन्त्रण गर्न नसकेको आरोप लगाए । दोषीमाथि, भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने, संविधान संशोधन हुनुपर्ने र प्रत्यक्ष कार्यकारीमा जानुपर्ने उनको माग छ ।

उनले भने, ‘आज हामीले देशभरका जेन जीहरु एक ढिक्का भएर लाग्नुपर्छ भनेर घाईते, शहीद परिवार तथा जेन जीहरुको सामुहिक दबाब कार्यक्रम आयोजना गरेका हौँ । यसमा सांस्कृतिक कार्यक्रम, नाटकहरु छ । यसको उद्देश्य भनेको शहीदहरुले जुन लक्ष्यका लागि रगत बगाएका थिए, रगत बगाएको एजेण्डा सरकारले पूरा गर्नतिर लागोस् । अन्य छलफल चलिरहँदा शहीदको सपना तुहिने स्थितिमा पुगेको छ ।

त्यसस्थितिमा पुग्न दिनु हुँदैन, जेन जी सबै एकढिक्का भएर देश निर्माणमा लाग्नुपर्छ । यो कार्यक्रम निरन्तर अघि बढिरहनेछ । दबाबसहितको कार्यक्रम सिर्जना गरेका छौँ । यो सरकारको ध्यानाकर्षण शहीदहरुको सपना पूरा गर्नेतिर लागोस् ।

यो सरकार जेन जीको भावनाअनुरुप चलेको छैन । सुशासन, भ्रष्टाचार नियन्त्रण भएको छैन । त्यसैले सडकमा आउनुपरेको हो । दोषीमाथि, भ्रष्टाचारीलाई कारबाही होस् । संविधान संशोधन हुनुपर्छ । प्रत्यक्ष कार्यकारीमा जानुपर्छ ।’

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x