आइतवार, कार्तिक १०, २०८२
Sunday, October 26, 2025

छठको दोस्रो दिन आज खरना विधिः अस्ताउँदो सूर्यलाई खीर, रोटी, फलफूल र ठेकुवा चढाइँदै

  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

काठमाडौं । सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइँदैछ । छठ पर्वको दोस्रो दिन पर्ने खरना विधि आज व्रतालुहरूले विधिपूर्वक सम्पन्न गर्दैछन् ।

यस अवसरमा मधेस, तराई र मिथिलाञ्चलका गाउँ–शहरका पोखरी, नदीघाट र तालतलैयाहरू आकर्षक रूपमा सजाइएका छन् । स्थानीय बासिन्दा तथा युवाहरूले पोखरी र घाटहरूको सरसफाई गरी रंगीन बत्ती, पण्डाल र टेन्ट लगाएर छठ पर्व मनाउने तयारी गरेका छन् ।

यसले गाउँ गाउँमा समेत छठ पर्वको रौनकतालाई बढाएको छ । खरना दिनमा व्रतालुहरूले दिनभर निराहार बसेर साँझ अस्ताउँदो सूर्य देवतालाई खीर, रोटी, फलफूल र ठेकुवा लगायतका सामग्री चढाएर पूजा गर्छन् । त्यसपछि ती प्रसाद ग्रहण गरी चार दिनसम्म चल्ने छठ पर्वको मुख्य दिनका लागि तयारी शुरु गरिन्छ ।

आगामी दिन अर्थात सन्ध्या अघ्र्य र त्यसपछिको प्रातः अघ्र्यका लागि घर–घरमा पूजा सामग्रीको जोहो गर्न व्रतालुहरू र उनका परिवारजन व्यस्त देखिएका छन् । बजारमा बाँसका डोला, सुप, फलफूल, नयाँ कपडा, तथा प्रसादका सामग्री किन्नेहरुको भीड बढेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x