बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटका स्थानीयसँग भएको सहमति १५ दिनमा पूरा गर्छौंः मन्त्री घिसिङ
काठमाडौं । शहरी विकासमन्त्री कुलमान घिसिङले बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटका बासिन्दासँग विभिन्न समयमा भएका सहमतिहरु कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका छन् ।
आईतवार बञ्चरेडाँडास्थित ल्याण्डफिल्ड साइटको अनुगमन गर्ने क्रममा उहाँले स्थानीयका मागहरु १५ दिनभित्र पूरा गर्ने प्रतिवद्धता जनाएका हुन ।
उनले वातावरणीय प्रभाव मूल्याङ्कन बाहेक अन्य मागहरु १५ दिनभित्र पूरा गर्ने बताए । उनले वातावरणीय प्रभाव मूल्याङ्कन भने पुस महिनापछि हुने बताए । सो कार्यको लागि परामर्शदाता छनौट गरी काम भइरहेको समेत जानकारी दिए ।
ल्याण्डफिल्ड साइटबाट प्रभावित हुने क्षेत्रको यकिन गर्न चार चरणको तथ्याङ्क आवश्यक पर्ने भएकाले पूरक वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) सम्पन्न गर्न केही समय लाग्ने उनको भनाई छ । मन्त्री घिसिङले इआइएपछि प्रभावित क्षेत्रको पहिचान हुने भएकाले सोही बमोजिम जग्गा अधिग्रहणको प्रक्रिया अगाडि बढ्ने जानकारी दिए ।
मन्त्री घिसिङले स्थानीयवासी र नगरपालिकाबीच २०७९ मा भएको १८ बुँदे सहमति र २०८० सालमा प्रधानमन्त्रीसँग भएको ४ बुँदे सहमति अझै कार्यन्वयनमा नआएको स्वीकार गरे ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE