वर्ल्डलिंकले सुरु गर्यो वाइफाइमा सिक्स–जी प्रविधि
काठमाडौं । इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले वाइफाइमा सिक्स–जी प्रविधि शुभारम्भ गरेको छ । सिक्स–जी प्रविधिले फाइभ–जीभन्दा ४० प्रतिशत बढी कभरेज प्रदान गर्ने कम्पनीको दाबी छ ।
वाइफाइमा सिक्स–जी सेवाको वल्र्डलिंक कम्युनिकेसन्स लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक दिलीप अग्रवालले शुभारम्भ गरेका हुन । कार्यक्रममा वर्ल्डलिंक ले काठमाडौं गोर्खाजलाई सम्मान गरेको थियो ।
एनपीएलको फ्रेन्चाइज टीम काठमाडौं गोर्खाजको मुख्य प्रायोजक वर्ल्डलिंक हो ।
सो अवसरमा वर्ल्डलिंकका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले काठमाडौं गोर्खाजका प्रबन्ध निर्देशक अनुभव स्वाँर सिरोहिया, सीइओ सुरजसिंह ठकुरी र हेड कोच मोन्टी देसाईलाई स्मृतिचिन्ह प्रदान गर्दै आगामी एनपीएल सिजनका लागि शुभकामना दिएका थिए ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE