मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले दिए पदबाट राजीनामा
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा दिएका छन् । विश्वासको मत लिनका लागि रोष्ट्रममा पुगेका यादवले विश्वास पाउने अवस्था नदेखिएपछि पदबाट राजीनामा दिएका हुन ।
मुख्यमन्त्री यादवले प्रदेश सभामा आफ्ना भनाई राख्दै गर्दा विपक्षी दलका सांसदहरुले बहिष्कार गरेका थिए । मुख्यमन्त्री यादवले विश्वासको मतका लागि प्रस्ताव राख्नु अघि मन्तव्य राखिरहेको समयमा विपक्षी दलका सांसदहरू प्रदेश सभा बैठकबाट बाहिरिएका हुन् ।
उनले सातदलीय गठबन्धनलाई लक्षित हुने गरी आफ्नो धारणा राख्न थालेपछि नेपाली कांग्रेससहितका विपक्षी दलका सांसदहरू बैठकबाट बाहिरिएका थिए । सत्ता पक्ष एमाले, नेपाल संघीय समाजवादी पार्टी र राप्रपाका सांसद मात्र सदनमा उपस्थित थिए ।
कात्तिक २४ को झिसमिसे बिहानीमा यादवले मुख्यमन्त्रीको शपथ खाएका थिए । त्यसबाट असन्तुष्ट दलहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सो रिटमा सुनुवाइ गर्दै सर्वोच्चले २४ घण्टाभित्र विश्वासको मत लिन मुख्यमन्त्री यादवको नाममा मंसिर १५ मा परमादेश जारी गरेको थियो ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE