जनमत पार्टीका उदयपुर इन्चार्ज सहितका केन्द्रीय सदस्यहरू आजपामा प्रवेश
काठमाडौं। जनमत पार्टीका केन्द्रीय सदस्यहरु विक्रमबहादुर बम, उदयपुर जिल्ला इन्चार्ज पुष्पराज भण्डारी, तिलक भण्डारी सहितका नेताहरु आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन् ।
आजपाको काठमाडौं, कोटेश्वर स्थित पार्टी कार्यालय केन्द्रीय कार्यालयमा आज (बुधबार) आयोजित एक कार्यक्रमका बीच नेताहरु आजपामा प्रवेश गरेका हुन् ।
आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले पार्टी प्रवेश गर्ने नेतालाई टिका, खादा लगाई पार्टीमा स्वागत गर्दै सफल राजनीतिक भविष्यको शुभकामना व्यक्त गरेका छन् ।
जनमत पार्टी परित्याग गरी आजपामा प्रवेश गर्ने नेताहरुले जनमतले मुलुकको नेतृत्व गर्दै नेपाली जनताको आवश्यक्ता, चाहना पुरा गर्न नसक्ने भएकाले आफूहरुले आजपामा प्रवेश गरेको जनाएका छन् ।
आजपाले लिएको रणनीति, उठाउदै आएको मुद्धाले मुलुक र नेपाली जनताको पक्षमा रहेको र आजपाले मुलुकको नेतृत्व गर्दै समृद्धिको स्पष्ट खाका सहित अगाडी बढेकाले आजपामा प्रवेश गरेको जनाएका छन् ।
आजपाको नेतृत्व, नीति, विचार नै अहिलेको आवश्यक्ता भएकाले अन्य नेतालाई समेत उनीहरुले आजपामा गोलबद्ध हुन आह्वान गरेका छन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE