शुक्रबार, पुस ११, २०८२
Friday, December 26, 2025

काठमाडौँमै रोकिए रवि लामिछाने,भैरहवामा मौसम खराव

  • 19
  •  
  •  
  •  
  •  
  •  
  •  
    19
    Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने शुक्रबार बिहानदेखि अहिलेसम्म पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (आन्तरिकतर्फ) नै रोकिएका छन् ।

भैरहवाको मौसम खराब हुँदा लामिछाने काठमाडौँमै रोकिएका हुन् । बिहीबार उच्च अदालत बुटवल तुलसीपुरले थुनाबाहिर बसेरै मुद्दा लड्न पाउने आदेश गरेसँगै लामिछाने आज अदालत उपस्थित हुन जहाजमार्फत भैरहवा जान लागेका छन् ।

बिहान ७ः५५ बजेको उडान भनिएपनि अहिलेसम्म उडान भएको छैन । उच्च अदालत बुटवलका न्यायाधीशहरू बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएको थियो ।

आदेश जारी गर्दै उनलाई विभिन्न शर्तहरू तोकिएको छ । ती शर्त पालनापछि मात्रै उनी थुनामुक्त हुन पाउनेछन् । लामिछाने नख्खु कारागारमा राखिएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x