शुक्रबार, पुस ११, २०८२
Friday, December 26, 2025

भारतलाई १ सय ९१ रनले हराउँदै पाकिस्तानले जित्यो यू–१९ एशिया कपको उपाधि

  • 12
  •  
  •  
  •  
  •  
  •  
  •  
    12
    Shares

काठमाण्डौ । भारतलाई १ सय ९१ रनले हराउँदै पाकिस्तानले एसीसी १९ वर्षमुनिको एशिया कप क्रिकेटको उपाधि जितेको छ ।संयुक्त अरब इमिरेट्स ९यूएईको दुबईमा रहेको आईसीसी एकेडेमी मैदानमा पाकिस्तानले दिएको ३ सय ४८ रनको लक्ष्य पछ्याएको भारतले २६ ओभर २ बलमा १ सय ५६ रन बनाउँदा सबै विकेट गुमायो ।

भारतका दीपेश देवेन्द्रनले सबैभन्दा धेरै १६ बलमा ३६ रन बनाए । पाकिस्तानका अली राजाले ४ विकेट लिए ।यसअघि टस हारेर ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ४७ रन बनायो । पाकिस्तानका समीर मिन्हासले ११३ बलमा १७२ रन बनाए । यस्तै अहमद हुसेनले ५६ रन बनाए । भारतका दीपेश देवेन्द्रनले ३ विकेट लिए ।सेमिफाइनलमा भारतले श्रीलङ्कालाई र पाकिस्तानले बङ्गलादेशलाई हराउँदै फाइनलमा पुगेका थिए । भारत र पाकिस्तान एउटै समूहमा थिए । समूह चरणको खेलमा भारतले पाकिस्तानलाई ९० रनले हराएको थियो ।

एसीसी १९ वर्षमुनिको एशिया कपमा नेपालले पनि सहभागिता जनाएको थियो । एउटा पनि खेल नजितेको नेपाल समूह चरणबाटै बाहिरियो । प्रतियोगितामा आठ वटा टोली सहभागी थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x