शुक्रबार, पुस ११, २०८२
Friday, December 26, 2025

मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल

काठमाडौं । समाजसेवी स्वर्गीय ओमप्रकाश गोयलको हुलाक टिकट सार्वजनिक गरिएको छ । हुलाक सेवा विभागद्वारा आयोजित एक कार्यक्रमबीच गोयलको हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गरेर सरकारले गोयलको नाममा हुलाक टिकट सार्वजनिक गरेको हो ।

टाँचा प्रदान कार्यक्रममा उपसभामुख इन्दिरा राना र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले स्व. गोयलको हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गरे। कार्यक्रममा सम्बोधन गर्दै मन्त्री खरेलले गोयलको हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गर्नु ऐतिहासिक भएको बताए । यसले उनलाई सधैँ अमर बनाइरहने उनको भनाइ छ। उनले मानिस कर्मले सधैँ अमर रहने बताए।

उनले भने ‘मान्छे कर्मले सधैँ अमर रहन्छ । आज ओमप्रकाश गोयल अमर हुनुभयो । हाम्रो यो हुलाक टिकट मार्फत । हुलाक टिकट ऐतिहासिक छ । यसले नेपाल र नेपालीमाझ यसले सधैँ अमर बनाइरहने नै छ ।’

मन्त्री खरेलले ओमप्रकाश गोयलको सम्मानले देशले नै गर्नुपर्ने बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x