शुक्रबार, पुस ११, २०८२
Friday, December 26, 2025

चिसोले जनजीवन प्रभावित,तराई क्षेत्रमा हुस्सु र कुहिरो

काठमाण्डौ उपत्यकामा आज हिजोको तुलनामा चिसो बढेको छ । आज आकाश सफा रहेकाले चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हिजो बिहान काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस रहेकोमा आज ५.४ डिग्री सेल्सियसमा झरेको छ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका धेरै ठाउँमा आज पनि हुस्सु र कुहिरो लागेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ ।

आज दिउँसो पनि तराई भूभागका धेरै ठाउँहरुमा हुस्सु र कुहिरो रहने महाशाखाले जनाएको छ । कोशी, मधेश र बागमती प्रदेशका तराई भूभागमा बिहान केही समय तथा बाँकी तराई भूभागमा मध्यान्नसम्म कुहिरोको समेत सम्भावना रहेको छ ।

देशका तराई भूभागमा हुस्सु तथा कुहिरोको प्रभावले बिहानको समयमा दैनिक जनजीवनमा प्रभाव पर्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x