शनिबार, पुस १२, २०८२
Saturday, December 27, 2025

कांग्रेस कार्यसम्पादन समिति बैठक शनिबार पनि बस्ने

नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज शनिबार पनि बस्ने भएको छ ।

बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक केही दिन यता बसिरहेको छ ।
यसअघि शुक्रबार महाधिवेशनको तयारी र निर्वाचनबारे नेताहरूले धारणा राखेका थिए । संस्थापनइतर मात्र नभएका संस्थापन पक्षका केही नेताहरूले समेत नियमित महाधिवेशन सम्भव नभए विशेष महाधिवेशन गर्नुपर्ने बताइरहेका छन् ।

विशेष महाधिवेशन मागकर्ताहरूले पक्षधरले पनि शुक्रबार पार्टीलाई स्मरण पत्र बुझाएका छन् । पूर्वनिर्धारित नियमित महाधिवेशनमा अलमल देखिएपछि उनीहरूले पार्टी केन्द्रीय कार्यालयमा पुगेर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई बोधार्थ दिएर केन्द्रीय कार्यालयका मुख्यसचिव पौडेललाई स्मरण पत्र बुझाएका हुन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x