देउवा, ओली र दाहालसामु प्रधानमन्त्रीको प्रतिवद्धताः सरकारले निर्वाचनका लागि उचित वातावरण बनाउँछ
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका लागि आवश्यक वातावरण बनाउन सरकार प्रतिवद्ध रहेको बताएका छन्। प्रमुख तीन दलका शिर्ष नेताहरु नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालसँगको सामुहिक छलफलमा उनले सो प्रतिवद्धता व्यक्त गरेका हुन।
बैठकमा एमाले अध्यक्ष ओलीले निर्वाचनका लागि वातावरण बनाउनुपर्नेमा जोड दिएपछि प्रधानमन्त्री कार्कीले त्यसका लागि उचित वातावरण बनाउने प्रतिवद्धता जनाएको बैठकमा सहभागी सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । सञ्चारमन्त्री खरेलकाअनुसार काँग्रेस सभापति देउवा र नेपाली कम्युनिष्ट पार्टीका संयोजक दाहालले पनि एमाले अध्यक्ष ओलीलाई निर्वाचनमा लागि तयार हुन आग्रह गरेका थिए। प्रधानमन्त्री कार्की र प्रमुख दलका शिर्ष नेताहरुबीच निर्वाचनमा जाने समझदारी भएको पनि सञ्चारमन्त्री खरेलको दाबी थियो ।
उनले भने ,‘नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सिधा भन्नुभएको छ । उहाँले फागुन २१ को चुनावको यताउता नगरौं । जसरी हुन्छ चुनाव गराऔ । विशेष परिस्थितिमा यो सरकारले काम गरिरहनुु परेकाले सरकारले गरेको कामको पनि उहाँले एकदमै प्रशंशा गर्नुभएको छ । उहाँले हामी चुनावका लागि तयार रहेको र एमाले र काँग्रेसलाई पनि तयार हुन भन्नुभयो । अव काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसको प्राथमिकता अब पुनःस्थापना होइन, चुनाव नै हो । चुनावका लागि तयार हुन एमाले अध्यक्ष केपी ओलीलाई पनि भन्नुभयो । र प्रधानमन्त्रीले पनि सबै राजनीतिक दलहरुलाई चुनावमा भाग लिन र सहयोग गर्न आग्रह गर्र्नुभयो । र नेकपा एमालेका अध्यक्ष केपी ओलीले त्यसपछि चुनावका लागि एमाले तयार छ । त्यसका लागि वातावरण बनाई दिनु प¥यो भन्नुभयो । र यी सबैको जवाफमा सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्युले उचित सम्पूर्ण सुरक्षाका वातावरणहरु बनाउँछ भन्ने प्रतिवद्धता भयो ।’
यसअघि पनि राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री कार्कीसहित प्रमुख तीन दलका शिर्ष नेताहरु देउवा, ओली र दाहालसँग तोकिएकै मितिमा निर्वाचन गराउने विषयमा छलफल भएको थियो ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE