सुत्केरी र गर्भवतीका लागि चाहिने आइरनसमेत किन्न सकिएको छैनः स्वास्थ्यमन्त्री गौतम
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा। सुधा गौतमले पछिल्लो दुई वर्षमा सुत्केरी र गर्भवतीका लागि चाहिने आइरन समेत किन्न नसकिएको बताएकी छन् ।सोमबार बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उनले खरिद प्रक्रियामा देखिएको समस्याका कारण पछिल्ला दुई वर्षदेखि सुत्केरी तथा गर्भवती महिलालाई आवश्यक पर्ने आइरनसमेत सरकारले किन्न नसकेको बताएकी हुन् ।खरिद प्रणालीमा हुने टेन्डर प्रक्रियामा भाग लिन नपाएका कम्पनीलेहरूले उजुरी दिने लगायतका कारण समस्या आएको मन्त्री गौतमको भनाइ छ ।उनले प्रदेश सरकारहरुले आ–आफूले औषधि खरिद गर्दा पनि समस्या भएको बताइन् ।खरिदका क्रममा प्रदेश र संघीय सरकारको मूल्य फरक(फरक पर्ने हुदाँ प्रश्न उठ्ने गरेको उनको भनाइ छ ।
उनकाअनुसार टेन्डर प्रक्रियामा प्रदेशले ६० रुपैयाँमा किनेको औषधि केन्द्रमा टेन्डर गर्दा ८२ रुपैयाँ पनि पर्न जान्छ । यस्तो जटिल समस्याको अन्त्य गर्न सरकारले स्वदेशी औषधि उत्पादकसँग प्रत्यक्ष संवाद गरेर आवश्यक औषधि खरिद गर्ने नयाँ मोडालिटीमा जान खोजेको उनले जानकारी दिइन् ।उनले आवश्यक पर्ने औषधि र तीनीहरूको डाटा जम्मा गरेर देशभित्र औषधि उत्पादक ती औषधिको मूल्य र गुणस्तर माग गरी खरिद गर्ने तयारी गरेको जानकारी दिइन् ।मन्त्री गौतमकाअनुसार स्वास्थ बीमाबाट वितरण हुने औषधिको कुल डाटा निकालेर कुन प्रकारका औषधि कति परिमाणमा चाहिन्छ भन्ने यकिन गरिनेछ । त्यसपछि औषधि उत्पादक संघ ९एपोन० लगायतसँग समन्वय गरेर प्रतिष्पर्धात्मक मूल्यमा औषधि खरिद गरिने योजना रहेको उनले बताइन् ।सरकारले खरिदको ग्यारेन्टी लिएमा औषधि उत्पादकहरूले एमआरपीको आधा मूल्यमा औषधि दिनसक्ने बताएको उनको दाबी छ ।विज्ञापन, मार्केटिङ र वितरण खर्च नलाग्ने भएकाले औषधि सस्तो पर्ने जाने व्यवसायीहरुले आफूलाई बताएको उनले जानकारी दिइन् ।सरकारले आवश्यक औषधिको संख्या र प्रकार निर्धारण गरी प्रतिस्पर्धात्मक दरमा कम्पनी सूचीकृत गर्ने र तोकिएको मूल्यमा देशभरिबाट खरिद गर्न सकिने प्रणाली विकास गर्ने तयारी गरेको उनको भनाइ छ ।
मन्त्री गौतमले स्वास्थ्य बीमा सुधार गर्न खोजिएको पनि जानकारी दिइन् । उनकाअनुसार बीमामा कहिले औषधि नपाउने, कहिले लामो लाइन बस्नुपर्ने समस्या छन् ।बीमा अनावश्यक रूपमा महँगो बन्दै गएकोले त्यसको लागत, वितरण प्रणाली र सेवामा सुधार आवश्यक रहेको उनको भनाइ छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE