शुक्रबार, माघ २४, २०८२
Friday, February 6, 2026

राष्ट्रिय सभा सदस्य निर्वाचनमा चुनावी तालमेल गर्छौंः सिटौला

काठमाडौं। नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रिय सभा सदस्य निर्वाचनमा काँग्रेसले चुनावी तालमेल गर्ने बताएका छन्।सोमवार पत्रकार सम्मेलनका क्रममा नेता सिटौलाले राष्ट्रिय सभा सदस्य निर्वाचनमा काँग्रेस एक्लै लडेर परिणाम निकाल्न नसक्ने बताएका हुन । उनले चुनावी तालमेललाई गठबन्धन भन्न नहुने बताए । प्रतिनिधि सभाको निर्वाचनमा भने काँग्रेस एक्लै आफ्ना एजेण्डाहरु लिएर जनतामाझ जाने बताए । उनले आम निर्वाचन पार्टीको सिद्धान्त, नीति, विचार संप्रेषण गर्ने माध्यम भएको बताएका छन्।

उनले भने , ‘राष्ट्रिय सभाको निर्वाचनमा काँग्रेसले एक्लै लडेर परिणाम निकाल्न सक्दैन । त्यसैले राष्ट्रिय सभाको निर्वाचनमा चुनावी तालमेल हुन्छ । यसलाई गठबन्धन मानिँदैन । तर प्रतिनिधि सभाको निर्वाचनमा जाँदा नेपाली काँग्रेस पार्टी एक्लै चुनावमा जाने महासमितिको निर्णय छ । आम निर्वाचन भनेको पार्टीको सिद्धान्त, नीति, विचार संप्रेषण गर्ने माध्यम हो । त्यसैले काँग्रेस आफ्नो विचार लिएर जनताको माझमा जान्छ ।’

नेता सिटौलाले पार्टीको विशेष महाधिवेशन नहुने र यसको औचित्य सकिसकेको पनि बताए । उनले केन्द्रिय कार्य सम्पादन समितिको निर्णय सबै नेताहरुले मान्नुपर्ने र अब आगामी निर्वाचनमा लाग्नुपर्ने बेला आएको बताए । आगामी निर्वाचनमा एकतावद्ध भएर लाग्नसके राम्रो परिणाम ल्याउन सकिने बताए । निर्वाचनपछि १५ औं महाधिवेशन गर्ने कार्यतालिका आइसकेकाले त्यसतर्फ केन्द्रित हुनुपर्ने उनको भनाई छ।अहिले आन्तरिम प्रतिष्पर्धा गर्ने बेला नभएको भन्दै आन्तरिक प्रतिष्पर्धाको कलहबारे आफूहरु शतर्क रहेको पनि बताए।

उनले भने , ‘विशेष महाधिवेशन हुँदैन, विशेष महाधिवेशनको औचित्य सकिसकेको छ भनेर केन्द्रिय कार्य सम्पादन समितिले निर्णय गरिसकेको छ । पार्टीको निर्णय त्यही हो । पार्टीको निर्णय सबैले मान्नुपर्छ । देशभरमा रहेका तमाम कार्यकर्ता साथीहरु निर्वाचनको तयारीमा जुट्नुपर्छ । एकतावद्ध ढंगले निर्वाचनमा जानुपर्छ । त्यो हाम्रो आजको प्रमुख र प्राथमिक विषय हो । निर्वाचनपछि १५ औं महाधिवेशन गर्ने कार्यतालिका ल्याइसकेका छौँ । त्यसपछि हामी महाधिवेशन सम्बन्धी विषयमा जुट्नुपर्छ । निर्वाचन भनेको वाह्य प्रतिष्पर्धा हो । महाधिवेशन भनेको आन्तरिक प्रतिष्पर्धा हो । यतिबेला आन्तरिक प्रतिष्पर्धा गर्ने बेला होइन । आन्तरिक प्रतिष्पर्धाको रुपमा जुन कलह हुन खोजेको छ, महाधिवेशनका नाममा त्यसमा हामी शतर्क छौँ । सजग छौँ ।’

काँग्रेस एकतावद्ध भएर निर्वाचनमा जानुपर्ने पनि बताए।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x