मङ्लबार, माघ ७, २०८२
Tuesday, January 20, 2026

पुराना राजनीतिक दलहरुलाई रवि लामिछानेले भने– ‘चिन्ता गर्नुपर्दैन, मुलुकलाई उचाईमा पुर्‍याउन सक्षम छौँ’

  • 15
  •  
  •  
  •  
  •  
  •  
  •  
    15
    Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले नयाँ पुस्ता देशको नेतृत्व गर्न सक्षम र सबल रहेको दाबी गर्दै पुराना राजनीतिक दलहरुलाई चिन्ता नगर्न आग्रह गरेका छन्।

सोमवार काठमाडौंमा आयोजित वृहत राजनीतिक समायोजन घोषणा सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले पुराना राजनीतिक दलका नेताहरूले नयाँ पुस्ताप्रति शंका गर्ने गरेको उल्लेख गर्दै देशलाई संकटबाट जोगाउन नयाँ पुस्ता सक्षम रहेको बताएका हुन् ।

उनले बजेट भाषणमा मात्र सीमित रहने संसदलाई जनचासोको केन्द्र बनाउने पार्टी नै रास्वपा भएको जिकिर गरे । बिग्रिएको अर्थतन्त्र, कमजोर बनेको वैदेशिक सम्बन्ध र खस्किएको राष्ट्रिय मनोबललाई उकास्ने दाबीसहित नयाँ पुस्ता मिलेर अघि बढिरहेको उनको भनाइ छ।

सभापति लामिछानेले पुराना राजनीतिक दलहरुले देशलाई निराशातर्फ धकेलेको आरोप लगाए।

उनले भने, ‘जति पनि पुराना राजनीतिक दलको नेताहरु हुनुहुन्छ, जसले यीनिहरुको हातमा गयो भने मुलुक संकटमै पो पर्ने हो कि भन्ने चिन्ता गरिरहनुभएको छ म उहाँहरुलाई स्पष्ट पार्न चाहान्छु–तपाई चिन्ता नगर्नुहोस् । तपाईहरुले चिन्ता गर्नुपर्दैन । नयाँ पुस्ता यो देशलई एउटा उचाईमा लैजानको लागि सक्षम र सबल छ । क्षमतावान पुस्ता हामीले लिएर आएका छौँ । संसदलाई तपाईहरुले एउटा बजेट भाषण बाहेक अरु हेर्न नसक्ने थलो बनाउनुभएको थियो । तर संसदका हरेक सेशनलाई हरेक नागरिकले, युवाले आँखा झिमिक्क नपारि हेर्ने बनाउने रास्वपा हो । चिन्ता नगर्नुहोस् हामी सम्हाल्छौँ । बिग्रिएको अर्थतन्त्रलाई हामी उकास्छौँ । बिग्रिएको वैदेशिक सम्बन्ध । गिरेको राष्ट्रिय मनोबललाई हामी उकास्छौँ । हामी रावजनीतिक रुपमा परिपत्ज हुँदैछौँ, गर्दैछौँ । तर त्यो राजनीति पनि के राजनीति जसले देशलाई हैतन्यम् बनाएर छोड्यो, देश छोडेर जाने बनायो, सम्भावना नै सम्भावना भएको देशलाई सम्भावनाहीन बनाएर छोड्यो । हामी त्यहाँबाट उठाएर मुलुकलाई एउटा गन्तव्यमा लैजान सक्षम छौँ ।’

सभापति लामिछानेले अहिलेको राजनीतिक संकट समाधान गर्ने एकमात्र विकल्प निर्वाचन नै भएको उल्लेख गर्दै निर्वाचनको वातावरण खल्बल्याउने गतिविधि नगर्न समेत सबै पक्षलाई आग्रह गरे।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x