बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

बार अध्यक्ष घिमिरेविरुद्धको मुद्धामा आज पेसी

काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले अदालतको अवहेलना हुनेगरी अभिव्यक्ति दिएको भन्दै अवहेलनामा कारबाही गर्न माग गर्दै सर्वोच्च प्रशासनले दर्ता गरेको मुद्दामा आजका लागि पेसी तोकिएको छ । अदालतको अवहेलनामा कारबाही हुनुपर्ने भन्दै उपरजिस्ट्रार गोविन्द घिमिरेले प्रतिवेदन उठाएर उनीविरुद्ध सोमबार मुद्धा दर्ता गरेका हुन् ।

नेपाल बारले अहिले मुख्य रजिष्ट्रारलाई उच्च अदालतको न्यायाधीश नियुक्ति गर्दा वरियतामा मुख्य न्यायाधीशभन्दा मुनि र अरू न्यायाधीशभन्दा माथिको रोलक्रम दिने गरी बनाइएको नियमावली खारेज गर्न माग गर्दै विरोध कार्यक्रम गर्दै आएको छ।

उक्त नियमावली नसच्याई कुनै पनि अदालतमा न्यायाधीश नियुक्ति गर्न नपाइने बारको माग छ । बारको विरोधकै बीचमा असोज ११ गते सर्वोच्चमा दुई न्यायाधीश नियुक्ति सिफारिस गरेपछि बार अध्यक्ष घिमिरेले त्यसमाथि प्रश्न उठाएका थिए । उनले न्यायाधीश सिफारिसमा लेनदेन भएको आरोप लगाएका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x