सोमवार, पुस २८, २०८२
Monday, January 12, 2026

कांग्रेस विशेष महाधिवेशन नयाँ नेतृत्व चयन गर्नेतर्फ उन्मुख

काठमाडौं । कांग्रेसको विशेष महाधिवेशन नयाँ नेतृत्व चयन गर्नेतर्फ उन्मुख बनेको छ । बन्दसत्रले पारित विशेष महाधिवेशन सञ्चालन कार्यविधि २०८२ पारित गरेको छ ।

जसमा महाधिवेशनमा प्रस्तुत हुने प्रस्ताव र केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन समिति गठन लगायतका व्यवस्था छन । सोमबार भृकुटीमण्डमा भएको बन्दसत्रले पारित गरेको कार्यविधिमा केन्द्रीय कार्यसमितिको विघटन गर्ने प्रावधान समावेश गरिएको हो ।

कार्यविधिमा कांग्रेसको १४औँ महाधिवेशन विसं २०७८ मङ्सिर २४ देखि २८ देखिको निर्वाचित मौजुदा केन्द्रीय कार्यसमितिको पदावधि समाप्त भइसकेकाले केन्द्रीय कार्यसमितिको विघटन गर्ने र कांग्रेसको १५औँ महाधिवेशन सम्पन्न नहुँदासम्मका लागि नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित गर्ने प्रावधान उल्लेख छ । यसैगरी, विशेष केन्द्रीय महाधिवेशनको अध्यक्षता पार्टीको सभापतिले गर्नेछन्, निज अनुपस्थित भएको खण्डमा महाधिवेशनमा उपस्थित ज्येष्ठ सदस्यले गर्ने व्यवस्था उल्लेख छ ।

यसैगरी, ज्येष्ठ सदस्यको अध्यक्षतामा विशेष केन्द्रीय महाधिवेशनको बन्दसत्र सञ्चालन भएको अवस्थामा बन्दसत्र कार्यक्रमको सहजता र निरन्तरताका लागि महाधिवेशन प्रतिनिधिमध्ये पाँच सदस्यीय अध्यक्षता मण्डल गठन गरिने कार्यविधिमा उल्लेख छ । १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको कार्यकाल पूरा भइसकेकाले तत्काल नेतृत्व परिवर्तन गरी फागुन २१ को निर्वाचनमा जानुपर्ने विशेष महाधिवेशन पक्षधर नेताहरूको भनाइ छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x