मङ्लबार, माघ २१, २०८२
Tuesday, February 3, 2026

देशलाई पात्र होइन, एजेण्डा चाहिएको छः अध्यक्ष थापा

काठमाडौँ । राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केशवबहादुर थापाले देश सञ्चालनको लागि पात्र नभई एजेण्डाको आवश्यक रहेको बताएका छन्। शुक्रवार पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक गर्ने क्रममा उनले व्यक्ति भन्दा स्पष्ट र व्यवहारिक एजेण्डा आवश्यक रहेको बताए ।उनले हाल मुलुकको राजनीतिक बहस व्यक्ति केन्द्रित भएको उल्लेख गर्दै एजेण्डा केन्द्रित हुनुपर्नेमा जोड दिए । उनले नेपालको संघीयताको मोडेल त्रुटीपूर्ण रहेको बताए ।

संघीयताको मोडलसँगै संविधानमा रहेका त्रुटीहरु समेत सच्याउनुपर्ने उनले उल्लेख गरे ।उनले संविधान संशोधन आवश्यक रहेकोले यसलाई राजनीतिक सहमतिको आधारमा गर्नुपर्नेमा जोड दिए । संवैधानिक प्रक्रियाबाट गरिएको संविधान संशोधनले पनि सबै समस्या हल गर्न नसक्ने भन्दै अध्यक्ष थापाले राष्ट्रिय सहमतिको आधारमा संविधान पुनर्लेखन गर्न सकिने बताए ।

उनले चुनावी प्रतिवद्धता कार्यान्वयन नगर्ने उम्मेदवार वा दललाई कानूनि दायरामा ल्याउनुपर्ने बताए । उनले प्रतिवद्धता पूरा नगरे अदालतमा प्रश्न उठाउन सकिने व्यवस्था गरेमात्रै उम्मेद्वार वा दलहरु घोषणापत्रप्रति जिम्मेवार हुने उल्लेख गरे ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x