मङ्लबार, माघ २८, २०८२
Tuesday, February 10, 2026

कांग्रेस विशेष महाधिवेशनः सभापतिमा गगन थापाको एकल उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा सभापति पदमा गगन थापाको मात्रै एकल उम्मेदवारी परेको छ ।

निर्वाचन समिति स्रोतका अनुसार आइतबारदेखि भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनमा कांग्रेस महामन्त्री गगन थापाको एकल उम्मेदवारी परेको हो ।

महामन्त्री पदमामा भने नेता प्रदीप पौडेल र गुरुराज घिमिरेले उम्मेदवारी दिएका छन् । बुधबार बिहान सहमतिका लागि सभापति शेरबहादुर देउवासँग थापा र शर्माले वार्ता गरेका थिए ।

तर वार्ता सफल भएन ।वार्ता सफल नभएपछि दुई महामन्त्री थापा र शर्माले कानुन विद्हरूसँगको परामर्श समेत लिएका छन् ।

यसैबीच निर्वाचनको प्रक्रिया अघि बढेको छ भने केही बेरमा सबै पदमा सर्वसम्मतीको निर्णय आउने आकलन गरिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x