प्यूठानमा एमाले र कांग्रेसका उम्मेदवारबीच शुभकामना आदान प्रदान
काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय प्यूठान सदरमुकाम खलङ्गा पुगेका नेकपा एमालेका नेता सूर्य थापा र नेपाली कांग्रेसका उम्मेदवार प्रा. डा. गोविन्दराज पोख्रेलबीच सौहार्द्धपूर्ण भेटघाट देखिएको छ ।
मनोनयन स्थलमा भेट भएका दुवै नेताले हाँसो ठट्टा र शुभकामना आदानप्रदान समेत गरेका छन्।
उम्मेदवारहरू तथा उपस्थित नेताहरूले आपसी सद्भाव झल्किने गरी फोटो खिच्दै एकअर्कालाई शुभकामना दिएका थिए।
दुवै पक्षले चुनावलाई सभ्य, निष्पक्ष र सौहाद्र्धपूर्ण वातावरणमा लड्ने प्रतिबद्धता जनाएका छन्।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE