शुक्रबारदेखि पश्चिम नेपालमा वर्षा हुने, उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना
काठमाडौँ ।माघ नौ गते शुक्रवार देखि नेपालमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान महाशाखाले जनाएको छ ।सो विभागको मौसम पूर्वानुमान शाखाले शुक्रवार रातिदेखि शनिवार बेलुकासम्म मुलुकको पश्चिम भूभाग अन्तर्गत सुदूरपश्चिम प्रदेश, बिहानमा विशेष गरेर सुदूरपश्चिम, त्यस्तै कर्णाली प्रदेश, लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जानकारी गराएको हो ।
शाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले वर्षासँगै उच्च हिमाली भूभागहरुमा मध्यम हितपात हुने सम्भावना रहेको समेत बताउनु भयो । उहाँले वर्षा मध्यम खालको हुने र त्यो शनिवार बेलुकासम्म मात्रै रहने पनि स्पष्ट पारे ।
वरिष्ठ मौसमविद् पौडेलेले भने ,‘शुक्रवार रातिदेखि शनिवार बिहानसम्म विशेष गरेर पश्चिमतिरबाट पानी पर्ने प्रणाली, हिमपार्ने वर्ष भित्रिँदैछ । तर त्यस्तो ठूलो खालको झरी पार्ने पानी चाहीँ होइन । तर पहिलो हिउँदे वर्षाको रुपमा शुुक्रवाररातिदेखि बिहानमा विशेष गरेर सुदूरपश्चिम, त्यस्तै कर्णाली प्रदेश, लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहन्छ । उच्च हिमाली भूभागहरुमा मध्यम हितपातको सम्भावना पनि देखिन्छ । साथसाथै काठमाडौंसम्म आइपुग्दा केही हल्का वर्षा बदलीको सम्भावना रहन्छ । तर पूर्वतिर वर्षा हँदैन । किनभने यो पश्चिमबाट आएको प्रणाली हो । उपल्लो वायु मण्डलबाट आउँछ । त्यसले गर्दा त्यसरी रहन्छ । विस्तारै फेरी शनिवार दिउँसो बेलुकातिरबाट खुल्दै जान्छ ।’
शाखाकाअनुसार माघ १३ गते मंगलवार रातिदेखि फेरि हल्का वर्षको सम्भावना रहेको छ । मंगलवार रातिदेखि बुधवारसम्म हल्का वर्षा हुने र उच्च हिमाली भूभागमा मध्यमखालको हिमपातको पनि सम्भावना रहेको वरिष्ठ मौसमविद् पौडेलले बताए।
उनले भने ,‘सोमवार, मंगलवार फेरि केही ग्याप हुन्छ । फेरि मंगलवार रातिदेखि बुधवार फेरि अर्को प्रणाली पनि आउँदैछ । त्यसले पनि उच्च हिमाली भूभागमा हिमपात हुने देखिन्छ । त्यसपछि मौसम सफा नै रहने देखिन्छ । तर त्यस्तो ठूलो खालको झरी गराउने अवस्था छैन ।’
यसअघि गत साता पूर्वी नेपालका ताप्लेजुङलगायतका जिल्लाहरुका हल्का वर्षा भएको र उच्च हिमाली भूभागहरुमा मध्यम खालको हिमपात नभएको थियो । हाल देशभर मौसम मुख्यतया सफा रहे पनि तराईका केही भूभागमा हुस्सु र कुहिरो लाग्ने सम्भावना छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ । यो प्रणालीले हालको सुक्खा र धुलोयुक्त वातावरणमा केही राहत दिनसक्ने विज्ञहरूको भनाइ छ । यस वर्षको हिउँदमा सामान्यभन्दा कम वर्षा भएको र तापक्रम औसतभन्दा माथि रहेको अवस्थामा यो वर्षाले कृषि, वायु प्रदुषण नियन्त्रण र जलस्रोतमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE