मङ्लबार, माघ २८, २०८२
Tuesday, February 10, 2026

मोरङ ३ मा सुनिल शर्माको घरदैलो अभियान–मतदाता भन्छन्ः‘सुनिल शर्मा बाहेक यता उति भोट जाँदैन’

काठमाडौँ ।आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा मोरङ निर्वाचन क्षेत्र नं। ३ मा नेपाली काँग्रेसका उम्मेदवार डा। सुनिलकुमार शर्माले घरदैलो अभियानलाई तिब्रता दिएका छन्।

डा शर्माले निर्वाचन क्षेत्रका विभिन्न स्थानमा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रमलाई निरन्तरता दिइरहेका हुन। नेपाली काँग्रेसबाट एकल सिफारिस भई टिकट प्राप्त गरेका डा शर्मा डा शेखर कोईराला समूहका नेता हुन। यसअघि २०७९ को निर्वाचनमा पनि सोही क्षेत्रबाट विजयी भएका उनी यसपटक पनि मतदाताको साथ र विश्वासमा निर्भर रहेको बताउछन्। निर्वाचन क्षेत्रका मतदाताहरूले डा। शर्माको विगतको योगदानको प्रशंसा गर्दै आएका छन्।स्थानीयहरूका अनुसार उनले क्षेत्रको विकासमा महत्वपूर्ण भुमिका खेलेका छन्। भने गरिब तथा दुःखी परिवारलाई निःशुल्क स्वास्थ्य उपचार प्रदान गरेर जनताको मन जितिएका छन्।

स्थानीय मतदाताले भने, “उहाँले हाम्रो क्षेत्रका लागि धेरै राम्रो काम गर्नुभएको छ। गरिब दुःखीलाई सहयोग गर्ने उहाँजस्तो नेता हामीलाई चाहिएको छ । भोट सुनिल शर्मा बाहेक अरूतिर जाँदैन।”

डा शर्माले पनि मोरङ क्षेत्र नं ३ लाई आफ्नो राजनीतिक क्षेत्र मात्र नभई परिवारको रूपमा लिएको बताउँदै आएका छन्। निर्वाचन नजिकिँदै गर्दा उनको अभियानमा स्थानीय कार्यकर्ता तथा शुभचिन्तकहरूको उल्लेखनीय सहभागिता देखिएको छ । डा शर्माले मतदातासँगको प्रत्यक्ष सम्पर्कलाई प्राथमिकता दिँदै विकास र समृद्धिको एजेण्डा अघि सारेका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x