आइतवार, माघ १९, २०८२
Sunday, February 1, 2026

एपिएफको रोमाञ्चक जित

काठमाडौं। विभागीय एपिएफ क्लबले टाइगर कप भलिबल प्रतियोगितामा थाइल्यान्ड क्विन्समाथि कठिन जित दर्ता गरेको छ।

अत्यन्त प्रतिस्पर्धात्मक खेलमा एपिएफले थाइल्यान्ड क्विन्सलाई ३–२ सेटले पराजित गर्‍यो।

एपिएफले पहिलो र दोस्रो सेट क्रमशः २५–२३ र २५–२१ ले आफ्नो पक्षमा पार्दै खेलमा अग्रता लिएको थियो।

तर, तेस्रो र चौथो सेटमा थाइल्यान्ड क्विन्सले उत्कृष्ट पुनरागमन गर्दै २२–२५ र २३–२५ ले जित निकाल्दा खेल निर्णायक पाँचौं सेटमा पुगेको थियो। निर्णायक सेटमा एपिएफले अनुभव देखाउँदै १५–१३ को साँघुरो जित हात पार्‍यो।

खेलभर उत्कृष्ट प्रदर्शन गरेकी निरुता थगुन्ना ‘टाइगर अफ द म्याच’ घोषित भइन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x