आइतवार, जेष्ठ १७, २०८३
Sunday, May 31, 2026

उच्च पहाडी तथा हिमाली भेगमा आज हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशका उच्च पहाडी तथा हिमाली भेगमा आज हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक÷दुई ठाउँमा हल्का वर्षासहित हिमपातको सम्भावना छ ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागमा सामान्य बदली हुनेछ भने ती प्रदेशका बाँकी ठाउँमा र अन्य प्रदेशका पहाडी तथा हिमाली भागमा आंशिक बदली हुनेछ ।

मधेश प्रदेश लगायत तराईका केही ठाउँमा बिहानैदेखि हुस्सु लागेको छ । राति पनि कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक÷दुई ठाउँमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली हुनेछ भने अन्य प्रदेशमा मुख्यतया मौसम सफा रहनेछ । तराईका केही ठाउँमा तुवाँलो लाग्नेछ । महाशाखाले हुस्सु, तुवाँलो तथा हिमपातका कारण दैनिक जनजीवन, स्वास्थ्य तथा यातायात क्षेत्रमा प्रभाव पर्न सक्ने भएकाले विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x