शनिबार, माघ १८, २०८२
Saturday, January 31, 2026

गगन थापाको प्रतिवद्धताः ‘सर्लाही–४ का मतदातालाई पछुतो हुन दिनेछैन’

काठमाडौं। नेपाली काँग्रेसका सभापति गगन थापाले आफूले संसदमा मधेसको मुद्दालाई फरक ढंगले उठान गर्ने बताए ।

शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा उनले आफू सर्लाही क्षेत्र नम्बर–४ को प्रतिनिधित्व गर्न उम्मेद्वार बनेकोले मधेस र सर्लाहीका मुद्दा अब संघीय संसद र सिंहदरबारमा नयाँ तरिकाले उठ्ने बताए । उनले सर्लाही–४ का मतदातालाई पछुतो हुने अवस्था आउन नदिने प्रतिवद्धता पनि जनाए । आगामी पाँच वर्षमा मधेसका मुद्दा संसदमा उठ्ने तरिका र निर्णय प्रक्रिया अघिल्ला वर्षभन्दा भिन्न हुने उनको दाबी छ । आफू पार्टीको जिम्मेवारीका कारण सधैँ सर्लाहीमा बस्न नसक्ने बताउँदै उनले आफूलाई मतदाताले पुर्ण रुपमा विश्वास गर्ने बताए । उनले पार्टीका नेता कार्यकर्तालाई निर्वाचनमा खटिएर लाग्न आग्रह गरे । आफ्नो उम्मेदवार बलियो छ भनेर अरूलाई कमजोर आँकलन नगर्न उनले सचेत गराए । चुनाव जित्न सबैको मेहनत आवश्यक हुने भन्दै उनले मतदाता र कार्यकर्तालाई विश्वास, माया र भरोसाका साथ अभियानमा लाग्न निर्देशन समेत दिए ।

उनले भने, ‘म सर्लाही ४ को प्रतिनिधित्व गर्छु । यहाँको संसदमा दमदमाएर सर्लाहीको विषय उठ्छ । यहाँको सिंहदरबारमा सर्लाहीको विषयमा छलफल हुन्छ । मधेसको विषयमा छलफल हुन्छ । पहिले पनि भएको थियो, नभएको भन्ने होइन । तर फरक ढंगले हुन्छ अब । त्यो विश्वासको साथ हाम्रो ठाउँमा आएको छ, हामीले त्यही माया प्रेम दिएर पठाउनुपर्छ, भरोसा दिएर पटाउनपर्छ भनेर तपाईहरुले त्यहाँ गएर भन्दिनुपर्नेछ । मसंग थोरै समय छ, पार्टीको जिम्मेवारीमा भएकोले गर्दा काठमाडौंभन्दा बाहिर, सर्लाही भन्दा बाहिर पनि धेरै ठाउँमा पुग्नुपर्नेछ । म क्षेत्रमा सम्पुर्ण दिन बस्ने अवस्था रहँदैन । यति कुरा विश्वास दिलाउन चाहन्छु की एक जनाले पनि सर्लाही ४ मा गगन थापालाई रुख चिन्हमा मतदान गरेर काँही मैले त्यो बेलामा गल्ती गरेछु की भन्ने तपाई एक जनालाई पनि महसुस हुने अवस्था आउन दिन्न । यो पाँच वर्ष काठमाडौको संसदमा, काठमाडौको सिंहदरबारमा आजसम्म मधेसको विषय जसरी उठ्यो, छलफलमा वा निर्णयमा त्यो भन्दा यो ५ वर्ष भिन्न हुनेवाला छ । मैले त्यहाँको प्रतिनिधित्व भिन्न ढंगले गर्छु । मेहनत तपाईंहरुले गरिदिनुपर्छ, चुनाव हो । चुनावमा आफ्नो उम्मेद्वार बलियो, अरुको कमजोर कहिले आकलन गर्नुहुँदैन ।’

उनले आफू गर्नसक्ने कामको मात्रै वाचा गर्ने बताए । गर्न नसकिने कामलाई आफूले शुरुमा नै गर्न नसक्ने बताउने स्पष्ट पारे। उनले चुनावपछि पनि मतदाताहरुले आफूलाई सजिलै भेट्न सक्ने बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x