मङ्लबार, माघ २८, २०८२
Tuesday, February 10, 2026

कांग्रेसका महामन्त्रीमार्फत् ७७ जिल्लाका सभापति र क्षेत्रीय कार्यसमितिलाई पत्र

काठमाडौँ । नेपाली कांग्रेसले आउँदो फागुन २१ मा हुने चुनावमा केन्द्रित हुन ७७ वटै जिल्ला सभापति र क्षेत्रीय कार्यसमितिलाई परिपत्र गरेको छ । परिपत्रमा गएको पुस अन्तिम हप्ता काठमाण्डौमा भएको दोस्रो विशेष महाधिवेशनमा सहभागी भएका तथा नभएका, सहमत या असंतुष्ट सबैलाई चुनावमा केन्द्रित हुन भनिएको छ ।

परिपत्रमा महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेको हस्ताक्षर रहेको छ । पछिल्लो परिस्थितिमा पार्टीलाई अघि बढाउन पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा समेतको साथ रहने विश्वास गरिएको उल्लेख छ ।दोस्रो विशेष महाधिवेशनबाट गगनकुमार थापा सभापति चयन हुनुभएको थियो । तर अहिले पनि कांग्रेसको देउवा पक्षले विशेष महाधिवेशनलाई औपचारिक रूपमा स्वीकार गरिसकेको छैन । निर्वाचन आयोगले थापा पक्षलाई आधिकारीकता दिएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x