टेरामक्स प्राविधिक परीक्षण गर्न विशेष अदालतको आदेश
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको टेरामक्स सम्बन्धित मुद्दामा खरिद सम्झोताबमोजिमको परीक्षण गर्न प्राविधिक परीक्षण गराई प्रतिवेदन पेस गर्न आदेश गरेको छ ।
न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठको इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका टेली कम्युनिकेसनविज्ञ केशव ज्ञवाली र आपूर्तिकर्तालाई प्राविधिक परीक्षण गराइ प्रतिवेदन पेस गर्न आदेश गरेको हो ।
अख्तियारले टेरामक्समा तीन अर्ब २१ करोड ८३ लाख बिगो मागदाबी गर्दै पूर्वमन्त्री मोहनबहादुर बस्नेतसमेत १६ जनालाई भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।
दूरसञ्चार प्राधिकरणका विषयविज्ञ वरिष्ठ इन्जिनियरको संयोजकत्वमा पुल्चोक इन्जिनियरिङ क्याम्पसका विज्ञ, केन्द्रीय प्रहरी अनुसन्धानका विज्ञ रहनेगरी समूह गठनसमेत गरेको छ। खरिद भएका सामान जडान भइसकेकाले प्रणाली र सामानको गुणस्तर परीक्षण गर्न अदालतले आदेश गरेको हो ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE