हुस्सु र कुहिरोका कारण हवाइ उडान ठप्प
काठमाडौं । काठमाण्डौ– काठमाण्डौ उपत्यका र तराईमा हुस्सु तथा कुहिरोका कारण हवाइ उडान ठप्प भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहानपख हुने आन्तरिक र अन्तर्राष्ट्रिय सबै उडान र अवतरण ठप्प भएको हो । एयर अरेबियाको जहाज अवतरण गर्न नसकेर लखनउ डाइभर्ट भएको छ । अरु केही जहाज आकाशमा घुमिरहेका छन् ।
बिस्तारै हुस्सु र कुहिरो हट्न थालेकाले केहीबेरपछि उडान र अवतरण नियमित हुने विमानस्थल कार्यालयले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले भिजिविलिटी ५ सय मिटर मात्रै रहेको छ । उडान र अवतरणको लागि कम्तिमा १५ सय मिटर भिजिविलिटी हुनुपर्ने विमानस्थल कार्यालयको भनाइ छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE