१५ जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइको काम सकियो
काठमाडौं। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा चुनावको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सकिएको छ ।अहिलेसम्म कूल १५ जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइको काम सकिएको निर्वाचन आयोगले जानकारी दिएको छ ।
मतपत्र छपाइको काम जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा भैरहेको छ । डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, सल्यान, जाजरकोटको प्रत्यक्षतर्फको मतपत्र छपाइको काम सकिएको छ ।त्यसैगरी, दैलेख निर्वाचन क्षेत्र नम्बर १ र २, सुर्खेतको १ र २, रुकुमपश्चिम, बाजुरा र अछामको क्षेत्र नम्बर १ र २, कैलाली क्षेत्र नम्बर १, झापा क्षेत्र नम्बर ५ र सुनसरीको क्षेत्र नम्बर १ को प्रत्यक्षतर्फको मतपत्र छपाइको काम सकिएको छ ।
नमूना मतपत्रतर्फ १० लाख ९८ हजार २ सय वटा छपाइ सम्पन्न भएर निर्वाचन क्षेत्रमा पुगिसकेको आयोगले जनाएको छ । समानुपातिकतर्फको २ करोड ८ लाख ३० मतपत्र छपाइ सम्पन्न भइसकेको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE