मङ्लबार, माघ २८, २०८२
Tuesday, February 10, 2026

निर्वाचनको प्रचारप्रसारमा बालबालिकाको प्रयोग गरिएको भन्दै काँग्रेसको ध्यानाकर्षण

काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता देवराज चालिसेले निर्वाचनको प्रचारप्रसारमा निर्वाचान आचारसंहिता विपरित बालबालिकाको प्रयाग भएको आरोप लगाएका छन् । नेपाली काँग्रेस केन्द्रिय प्रचारप्रसार समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता देवराज चालिसेले बालबालिकालाई राजनीतिक गतिविधिमा प्रयोग गर्नु आपत्तिजनक भएको बताएका हुन् ।

सानासाना बालबालिका चढेको बस प्रयोग गरी अभिभावकलाई चुनाव चिन्ह् र उम्मेदवारका पक्षमा प्रचार गराउनेजस्ता गतिविधि जिम्मेवार राजनीतिक दलले गर्न नहुने उनको भनाइ छ । उनले विशेष गरी चितवनमा निर्वाचनको लागी मत माग्न बालबालिकालाई प्रयोग गरेको भेटिएको जानकारी दिए। यस्ता गतिविधिबारे रोक्न उहाँले निर्वाचन आयोगको ध्यानाकर्षण गराए ।

चालिसेले अन्य केही दलका कार्यकर्ताले आचारसंहिता मर्यादित ढंगले पालना नगरेको गुनासो आएको बताए। उनले फरक विचार राख्ने दल तथा उम्मेदवारविरुद्ध सामाजिक सञ्जालमार्फत अमर्यादित टिप्पणी र घृणा फैलाउने गतिविधि रोक्न पनि आग्रह गरे। यसले स्वस्थ राजनीतिक प्रतिष्पर्धाको वातावरण बिथोलिँदै जाने उनको भनाई छ । आफ्ना धारणा राख्दा सबै राजनीतिक दल र उम्मेदवारले मर्यादित भाषा र व्यवहार अपनाउनुपर्नेमा जोड दिँदै उहाँले नेपाली काँग्रेस पनि यस विषयमा सचेत रहेको बताए।

उनले भने, ‘निर्वाचन प्रचारप्रसारको क्रममा धेरै ठाउँबाट के सूचना आइरहेको छ भने निर्वाचन आचारसंहिताको उल्लङघन भइरहेको छ । अन्य पार्टीका साथीहरुले आचारसंहिता मर्यादित ढंगले पालना नगरेको रिपोर्ट आएको छ । विशेष गरेर बालबालिकाहरुलाई राजनितिमा प्रयोग गर्ने गरिएको छ, त्यसले राम्रो सन्देश दिँदैन । उनीहरुको बालअधिकार र बालमस्तिष्कलाई राजनीतिक प्रभाव पारेर राजनीतिक उद्देश्यको लागी दुरुपयोग गर्ने कुराहरु निर्वाचनको आचारसंहिता भित्र पर्दैन । सानासाना बालबालिका चढेको वसमा जाने र आफ्नो बाबुआमालाई चुनाव चिन्ह र व्यक्तिका बारेमा प्रचार गर्न लगाउने यस्ता गतिविधिहरु जिम्मेवार राजनीतिक दलहरुले गर्न नहुने गतिविधिहरु हुन् । निर्वाचन आयोगको हामी ध्यानाकर्षण गर्न चाहन्छौँ । चितवनमा स्कुलका वालबालिकाहरुलाई कुनै पार्टीको चुनाव चिन्हको बारेमा आफ्नो अभिभावकहरुलाई भन्न आग्रह गरिएको देखियो । बालबालिकाले जिद्धी गरेपछि छ अभिभावकलाई पनि असर गर्छ नी त । मतदानको लागी बालबालिकाको मस्तिष्क प्रयोग गर्ने कुरा त राम्रो होइन नी त्यो ।’

प्रवक्ता चालिसेले निर्वाचनमा मतदान गर्नुअघि उम्मेद्वार र राजनितिक दलको पृष्ठभुमीको बारेमा जानकारी राख्न पनि आग्रह गरे। उनले असन्तुष्टीबाट नै अधिनायकवादको जन्म हुने उल्लेख गर्दै नेपालमा पनि सचेत रहन अनुरोध गरे। उनले विगतमा गरेका काम र भविष्यमा गर्न सक्ने क्षमताको आधारमा मतदान पनि आग्रह गरे।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x