मङ्लबार, माघ २८, २०८२
Tuesday, February 10, 2026

बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा १३ जनाको मृत्यु

काठमाडौं । बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा १३ जनाको ज्यान गएको छ । ३४ जना घाइते भएका छन् ।

हिजो बेलुकी बैतडीको पुर्चौडी नगरपालिका–७ भवनेबाट बेहुली लिएर बझाङको सुनकुडातर्फ जाँदै गरेको सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस पुर्चौडीको बडगाउँ मोडमा पल्टिएको हो ।

दुर्घटनामा केशवराज जोशी, अशोकराज जोशी, वसन्त जोशी, विष्णुदत्त जोशी, नरेशराज जोशी, मोहनदेव भट्ट, वसन्तराज रतला, पुष्पा अवस्थी, विसनदत्त जोशी, दिपकराज जोशी, किसनदत्त जोशी, केशवराज भट्ट र सुशिल जोशीको ज्यान गएको बैतडी प्रहरीले जनाएको छ ।

घाइतेहरुको स्थानीय अस्पताल, जिल्ला अस्पताल र डडेलधुरामा उपचार भैरहेको छ । उकालो सडकमा अत्यधिक भारका कारण बस दुर्घटनामा परेको हुनसक्ने प्रहरीको अनुमान छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x