मङ्लबार, माघ २८, २०८२
Tuesday, February 10, 2026

एआईको दुरुपयोग रोक्न नेपाल प्रहरीले छुट्टै सेल गठन गर्छः प्रहरी महानिरीक्षक कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीले एआई तथा एडभान्स एनालेटिक सेल गठन गर्न लागेको बताएका छन् ।

सूचना प्रविधिको दुरुपयोग गरेर झुटा सामग्रीहरु प्रशारण गर्ने कामले बढवा पाएकाले त्यस्ता गतिविधिलाई निगरानी गर्न र कानूनी उपचारका लागि पनि नेपाल प्रहरीले सो सेवा गठन गर्न लागेको उनको भनाई थियो ।सोमवार काठमाडौंमा आयोजित अपराध अनुसन्धान र शान्ति सुरक्षामा सञ्चार माध्यमको भूमिका विषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले छिटो सूचना दिने प्रतिष्पर्धा र होडबाजीका कारण मुलुकमा झुटा र गलत समाचारले बढवा पाइरहनु चिन्ताको विषय भएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्दै लैजाने काममा नेपाल प्रहरी र सञ्चारकर्मीहरुले बलियो सहकार्य गरेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए । प्रहरी महानिरीक्षक कार्कीले राष्ट्रिय सुरक्षाको मर्मलाई सञचारकर्मीहरुले आफ्नो धर्मको रुपमा आत्मासात गर्न जरुरी रहेको पनि बताए ।

उनले भने,‘आजको डिजिटल युगमा सबभन्दा छिटो सूचना दिने प्रतिष्पर्धा र होडबाजीका कारण मिस इन्फरमेशन हुने, इरादा फरक भएर डिसइन्फरमेशन हुने, हेट स्पिज एआईको दुरुपयोग तथा डिजिटल म्यानुपुलेशनबाट सृर्जित झुटा सामग्रीले बढवा पाइरहनु हामी सबैका लागि साझा चिन्ताको विषय हो । कानून कार्यान्वयन नै कानूनी शासनको आधार हुने हुँदा कटपेष्ट, कपीपेष्ट को यान्त्रिकतामा सृजनशीलताको शुन्यता हुन्छ । राष्ट्रिय सुरक्षाको मर्मलाई सञ्चारकर्मीहरुको धर्मको रुपमा आत्मासात हुनका लागि पनि यो आजको अन्तरक्रियात्मक कार्यक्रमले एउटा मार्गदर्शन तयार गर्नेछ भन्ने हाम्रो स्वभाविक अपेक्षा छ । यस किसिमका गतिविधि, निगरानी र कानूनी उपचारका लागि नेपाल प्रहरीले पनि अव एउटा एआई र एडभान्स एनालेटिक सेल बनाएर काम गर्नु पर्छ भन्ने तर्फको निचोडमा हामी पुग्ने अवस्थामा छौ ।’

प्रहरी महानिरीक्षक कार्कीले अपराध अनुसन्धानमा नकारात्मक प्रभाव पर्ने खालको समाचार सम्प्रेषण हुन नदिने कुरामा पनि सञ्चार माध्यमहरुले सचेत भएर काम गर्नुपर्ने बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x