आइतवार, फाल्गुन ३, २०८२
Sunday, February 15, 2026

पोखरा गोल्डकपमा आयोजक सहाराको विजयी शुरूआत

काठमाडौं । पोखरा गोल्डकप फुटबल प्रतियोगितामा आयोजक सहारा फुटबल क्लबले विजयी शुरूआत गरेको छ । पोखरा रङ्गशालामा पहिलोपटक अस्थायी फ्लडलाइटमा भएको उद्घाटन खेलमा आयोजकले पाहुना टोली गोर्खा इन्टरनेशनल फुटबल क्लब हङकङलाई १–० गालले पराजित गरेको हो ।

प्रतियोगितामा आयोजक सहारा र गोरखा इन्टरनेशलसहित नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब, मछिन्द्र फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, मनाङ मस्र्याङ्दी क्लब, जावलाखेल युवा क्लब, प्लानिङ ब्वाइज युनाइटेड र फ्रेण्ड्स क्लब छन् ।

यसैगरी विदेशी टोलीका रूपमा उज्वेकिस्तानको आभा फुटबल क्लब, भारतको थण्डरबोल्ट नर्थ युनाइटेड सहभागी छन् । आउँदो फागुन ९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उपाधि जित्ने टोलीले १४ लाख १ हजार, उपविजेताले ७ लाख १ हजार रुपैयाँ पाउने छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x