शुक्रबार, फाल्गुन १, २०८२
Friday, February 13, 2026

सूचनाको समान पहुँच नहुँदा अर्थतन्त्र प्रभावितः अर्थमन्त्री खनाल

काठमाडौं। अर्थमन्त्री रामेश्वर खनाल अर्थतन्त्र सही ढंगले सञ्चालन हुन सही सूचना समयमै प्रवाह हुन अत्यावश्यक रहेको बताएका छन् ।

मिडियामा सूचनाको हक प्रयोगसम्बन्धी शुक्रवार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले सूचना असमान पहुँचका कारण बजारमा ठूलो असन्तुलन देखिएको बताएका हुन् । खनालकाअनुसार सूचनाको हकसम्बन्धी कानूनले मात्र नभई विभिन्न मापदण्ड र कानूनले पनि सूचना प्रवाहलाई सम्बोधन गरेका छन् । तर व्यवहारमा सबै पुँजीबजारका लगानीकर्ताले एउटै समयमा समान सूचना नपाउँदा प्रतिस्पर्धा प्रभावित भइरहेको उनले बताए । पुँजीबजारमा ‘इन्साइडर ट्रेडिङ’ का कारण केही व्यक्तिले सूचनामाथि एकाधिकार कायम गरिरहेको अर्थमन्त्री खनालले बताए । खनालकाअनुसार धातु बजारमा सुन–चाँदीको मूल्यबारे समयमै सूचना पाउने र ढिलो पाउने व्यवसायीबीच नाफा–नोक्सानीमा ठूलो फरक पर्छ ।

अर्थमन्त्री खनालले भने– ‘अर्थतन्त्र सही तरिकाले चल्नका निमित्त सही सूचना प्रवाह आवश्यक हुन्छ । सही सूचना प्रवाह कतिपय अवस्थामा सूचनाको हक सम्बन्धि कानूनले सिधै कभर नगरेपनि थ्रुपै मापदण्ड र कानूनले सम्बोधन गरेको छ । पुँजीबजारमा इन्साइडर टे«डिङका कारणले कतिपय व्यक्तिहरुले सूचनाको एकाधिकार प्राप्त गरिरहेका छन् । सबै लगानीकर्ताले समान तवरले समान निर्णय गर्न सुचना त्यही समयमा पाउन सकिरहेका छैनन् । त्यही सूचना पनि कतिपयले १० दिन पछि प्राप्त गर्यो । कुनैले तत्काल रियल टाइममा प्राप्त गर्यो भने त्यही अवसर र लाभमा ठूलो फरक आउछ । धातु बजारमा सुन चाँदीको मूल्य कसरी बढ्दैछ भन्ने सूचना कुनै व्यवसायीले रियल टाइममा प्राप्त गर्नसक्यो र अर्को व्यवसायीले समय ग्रुजिसकेपछि प्राप्त ग¥यो भने ती दुई बीचमा लाभ र हानीमा ठूलो फरक हुन्छ । त्यसकारणले सूचनाको महत्व ठूलो छ । अहिले हामीलाई सुचनाको हकसम्बन्धि ऐनले मात्रै हामीलाई सूचना खोजी गर्ने अवसर दिएको छैन । नेपालका लेखामापदण्डहरुले ठूला कम्पनीहरु, अर्थतन्त्रको ठुलो आकार ओगट्ने नेपालका घरनाहरुले कस्तो कारोबार गरेका छन् रु त्यसले आम नागरिकको आम जिवनमा कस्तो प्रभाव परेको छ र उनीहरुले कस्ता सूचना प्रवाह गर्नुपर्छ भन्ने सन्दर्भमा लेखामापदण्डहरुले निर्धारण गरेको छ । तर एउटा पत्रकारले पनि लेखामापदण्ड अनुसारको सूचना कुनै एउटा कम्पनीले जारी गर्यो की गरेन, त्यो कम्पनीले सार्वजनिक निष्काशन गर्दा दिनुपर्ने सूचनाहरु जारी गर्यो की गरेन् भनेर टिकाटिप्पणी गरेको मैले सुनेको छैन । अरु टिकाटिप्पणी हुन्छ तर रियल त्यस्तो खालको सूचना दियो की दिएन भन्ने पत्रकारले खाजी गरेका छैनन् ।’

खनालले नेपालका लेखामापदण्डले ठूला कम्पनी तथा अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने घरानाहरूले आफ्नो कारोबार, त्यसको सामाजिक प्रभाव र सार्वजनिक गर्नुपर्ने विवरण स्पष्ट रूपमा तोकेको बताए । तर कुनै कम्पनीले आवश्यक सूचना सार्वजनिक गरे÷नगरेको विषयमा पत्रकारहरूले गम्भीर अनुगमन नगरेको उनको टिप्पणी थियो । खनालकाअनुसार समान अवसरको व्यवस्था विश्वभर प्रचलित भएपनि नेपालमा कम्पनीहरूले दलित, जनजाति तथा पिछडिएका वर्गलाई कति रोजगारी दिएका छन् भन्ने विवरण सहज रूपमा प्राप्त हुन सकेको छैन । नागरिकसम्म सही सूचना पुर्याउने क्षेत्रमा अझै ठूलो सम्भावना बाँकी रहेको उनको भनाइ छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x