आइतवार, फाल्गुन ३, २०८२
Sunday, February 15, 2026

महाशिवरात्रि जागरण र अन्तर्मनबीच संवाद गर्ने पर्व : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाशिवरात्रि पवित्र रात्रि उपवास, जागरण र अन्तर्मनबीच संवाद गर्ने पर्व भएको बताएका छन् ।

महाशिवरात्रि पर्वको अवसरमा आज बिहान सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै उनले बाहिरको कोलाहलमा नभइ भित्रको विवेकमा सत्य निहित रहेको उल्लेख गर्दै यस दिनमा सबैले विवेकको सत्य फेला पार्न सकुन् र आत्मबोधको ज्योति प्रज्ज्वलित होओस् भन्ने कामना गरेका छन् ।

अध्यक्ष ओलीले ऊर्जाको तेजमय प्रवाहलाई संयममा राख्ने सामथ्र्य, विषको पीडा सामना गरेर पनि शान्त रहने धैर्य र नश्वरता सम्झँदै अनासक्त जीवन जिउने सन्देश पशुपतिनाथले दिएको बताएका छन् ।उनले बन्धनमा बाँधिएको चेतनालाई मुक्त गराउने र लोभ, क्रोध, मोह, अहंकार लगायत सबै बन्धनबाट निकालेर मनलाई स्वतन्त्र, शान्त र आनन्दित बनाउने प्रतीकात्मक स्वरूप नै पशुपतिनाथ भएको तर्क गरेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x