सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

मौसममा आज केही सुधार : थोरै ठाउँमा छिटपुट वर्षा र हिमपातको सम्भावना

काठमाडौं । मौसममा हिजो भन्दा आज केही सुधार भएको छ । तर आज पनि केही ठाउँमा छिटपुट वर्षा र हिमपातको सम्भावना छ । विशेषगरी कोशी, बाग्मती र गण्डकीका पहाडी र हिमाली क्षेत्रको एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज बिहान बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली केही ठाउँमा हल्का वर्षा र हिमपात भएको महाशाखाले जनाएको छ । आज तराइ क्षेत्रमा बिहानको समयमा हुस्सु लागेको छ । दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भागका थोरै ठाउँ तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भागको एक–दुई ठाउँमा मेघगर्जनरचट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । पश्चिमी न्यून चापीय प्रणालीका कारण हिजो दिउँसोपछि पूर्वदेखि पश्चिमसम्म वर्षा, चट्याङ र असिनापानी पर्यो । महाशाखाले तराइका हुस्सु लागेका क्षेत्र तथा हिमपात र छिटपुट वर्षा हुन सक्ने पूर्वानुमान गरिएका क्षेत्रमा दैनिक गतिविधितर्फ सतर्कता अपनाउन अनुरोध समेत गरेको छ ।

मौसमी प्रारम्भिक विश्लेषण अनुसार चुनावलाई खासै प्रभाव पार्ने अवस्था अहिलेसम्म देखिएको छैन । मौसमविद्का अनुसार फागुन २१ गतेको चुनावलाई ध्यानमा राखेर थप विश्लेषण गर्ने काम भैरहेको छ । महाशाखाले छिट्टै चुनाव केन्द्रित मौसम पूर्वानुमान बुलेटिन सार्वजनिक गर्ने जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x