समतामूलक समाज निर्माणमा मगर समुदायले निर्वाह गरेको भूमिका सम्मानजनक : बालेन शाह
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले न्यायमूलक तथा समतामूलक समाज निर्माणमा मगर समुदायले निर्वाह गरेको भूमिका ऐतिहासिक रूपमा अतुलनीय र सम्मानजनक रहेको बताएका छन् ।शुक्रबार राष्ट्रिय मगर दिवसका अवसरमा शुभकामना दिँदै उनले सो कुरा बताएका हुन् । नेता शाहले मगर दिवसलाई संसारभर छरिएर रहेका मगर समुदायले उल्लासपूर्वक मनाउने दिनका रुपमा स्मरण गर्ने गरेको उल्लेख समेत गरेका छन् ।
शाहले सो समुदाय मौलिक संस्कार, परम्परा, कला, भेषभूषाको धनी तथा आफ्नो जातीय पहिचान र मौलिकतालाई संरक्षण गर्न उदाहरणीय रूपमा सजग र प्रतिबद्ध रहेको समेत बताएका छन् ।
उनले भनेका छन् , आफ्नै मौलिक संस्कार, परम्परा, कला, भेषभूषाको धनी तथा आफ्नो जातीय पहिचान र मौलिकतालाई संरक्षण गर्न उदाहरणीय रूपमा सजग र प्रतिबद्ध मगर समुदायको यस विशेष दिनको अवसरमा सम्पूर्णमा सुख, शान्ति तथा समृद्धिको शुभकामना, एकताको हार्दिक शुभकामना।’
उनले नेपाल एकीकरणको अभियानमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको मगर समुदायले आफ्नो वीरतामार्फत नेपाली पहिचानलाई विश्वमाझ चिनाउन पुर्याएको योगदानदेखि वर्तमानसम्म आइपुग्दा नेपालको राजनीतिक र सामाजिक रूपान्तरणमा खेलेको भूमिका अमूल्य र सम्मानजनक रहेको समेत बताएका छन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE