शनिबार, बैशाख ५, २०८३
Saturday, April 18, 2026

न्यायाधीशहरू न्यायालय सुधारको बाटोमा हिँडिरहेका छन् : सपना प्रधान मल्ल

काठमाडौँ । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले आफूहरू न्यायालय सुधारको बाटोमा हिँडिरहेको बताएकी छन्।

अन्तर्राष्ट्रिय महिला दिवस र महिला न्यायाधीश दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यो कुरा दाबी गरेकी हुन। न्यायाधीश मल्लले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पनि न्यायपालिकालाई साँच्चिकै एउटा जीवित र समावेशी संस्थाकै रूपमा उठाउने प्रयास गरिरहेको बताइन।

उनले न्याय सम्पादन कुनै पनि खालको डर, धम्कीबाट सम्पादन हुनै नसक्ने समेत स्पष्ट पारीन। न्यायाधीश मल्लले मुलुकमा सुशासन र समावेशीतालाई सुनिश्चित गर्न पनि कुनै पनि डर र धम्कीको प्रभावमा नपरकन न्याय सम्पादन गर्न आवश्यक रहेको बताइन ।
न्यायाधीश मल्लले न्यायको खोजी गर्न आउने हरेकलाई सम्मानपूर्वक व्यवहार गर्न पनि सम्बन्धित सबै पक्षलाई सचेत गराइन ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x