शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026

ग्यास अभावपछि आधा सिलिन्डर बिक्री गरिँदै

काठमाडौँ । बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि आजदेखि आधा सिलिन्डर आधा ग्यास बिक्री सुरु गरिएको छ।आपूर्ति घट्दै जाँदा उपभोक्तालाई केही राहत दिन आधा सिलिन्डर ग्यास उपलब्ध गराउन थालेका हुन्।

राजधानी काठमाडौँमा ग्यास अभावको असर देखिन थालेसँगै उपभोक्ताहरू बिहानैदेखि ग्यास खोज्दै वितरण केन्द्र धाउन थालेका छन्। नेपाल आयल निगम को टेकुस्थित कार्यालयमा बिहानैदेखि ग्यास लिन आउने उपभोक्ताहरूको लामो लाइन देखिएको छ।आज बिहानदेखि नै उपभोक्ताहरू खाली सिलिन्डर बोकेर लाइनमा बसिरहेका छन्। कतिपय उपभोक्ताले बिहान सबेरैदेखि लाइन बसे पनि ग्यास पाइनेमा अन्योल रहेको बताएका छन्।

पछिल्लो समय पश्चिम एसियामा बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धन आपूर्तिमा असर परेको र त्यसको प्रभाव नेपालमा समेत देखिन थालेको बताइएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x